भक्तपुरमा सत्ता गठबन्धननबीच सहमति, कुन पद कसलाई ?
मेरोन्यूज
२०७९ वैशाख ११ गते १९:५८

भक्तपुर । जिल्लामा सत्ता गठबन्धनबीच स्थानीय तह निर्वाचनका लागि भागबण्डामा सहमति भएको छ । आइतबार भएको सहमतिअनुसार तीन वटा नगपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार हुने छन् ।
साथै, तीनमध्ये दुई वटा नगरको उपमेयर नेकपा एकीकृत समाजवादीलाई र एउटा उपमेयर नेकपा माआवादी केन्द्रलाई दिने सहमति भएको हो ।
मध्यपुर थिमि, सूर्य विनायक र भक्तपुर नगरपालिकाको मेयर कांग्रेसलाई दिने सहमति गठबन्धनमा भएको छ । भक्तपुर र सूर्य विनायकको उपप्रमुख एसलाई र मध्यपुरको उपप्रमुख माओवादीलाई दिने गठबन्धनमा सहमति भएको हो ।
जिल्लाका चार नगरमध्ये चाँगुनारायण नगरबाहेकका अन्य तीन वटा नगपालिकामा मात्र गठबन्धनबीच सहमति भएको हो ।

सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया