आइपीएल: मुम्बईको इतिहासकै खराब प्रदर्शन, आठौं खेलमा पनि हार

काठमाडौं । लखनऊ सुपर जायन्ट्ससँग ३६ रनले पराजित भएसँगै मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग -आइपीएल मा लगातार आठौं खेलमा बेहोरेको छ ।
आइतबार मुम्बईमा पाँच पटकको च्याम्पियन मुम्बई पराजित भएसँगै प्ले अफको सम्भावना समेत लगभग सकिएको छ ।
जितका लागि १६९ रनको लक्ष्य पाएको मुम्बई २० ओभरमा ८ विकेट गुमाउँदै ३२ रनमा समेटियो ।
मुम्बईका रोहित शर्माले सर्वाधिक ३९ रन बनाए । यस्तै तिलक बर्माले ३८ रन बनाए ।
लखनऊका क्रुनाल पान्ड्याले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको लखनऊले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रनको योगफल तयार पारेको थियो ।
लखनऊका कप्तान लोकेश राहुलले सर्वाधिक १०३ रन बनाए । यस्तै मनिष पाण्डेले २२ रन बनाए ।
मुम्बईका काइरन पोलार्डले र राइली मेरिडीथले समान २ विकेट लिए ।
जितसंगै लखनऊ ८ खेलबाट ५ जित सहित १० अंक बनाएर चौथो स्थानमा छ । मुम्बई ८ खेलमा जित बिहीन हुँदै पुछारमा छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया