मनोनयनको पहिलो दिन १३ हजार ३८६ जनाले दर्ता गरे उम्मेदवारी
मेरोन्यूज
२०७९ वैशाख १२ गते १२:१४

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आव्हान गरिएको मनोनयन दर्ताको पहिलो दिन देशभर १३ हजार ३८६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा २ हजार ५७९, मधेश प्रदेशमा ४ हजार ५४, बागमती प्रदेशमा १ हजार ९०१, गण्डकी प्रदेशमा ८६९, लुम्बिनी प्रदेशमा २ हजार ७१२, कर्णाली प्रदेशमा ४५२ र सुदुरपश्चिम प्रदेशमा ८२१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मनोनयन दर्ताको पहिलो दिन प्रमुख पदको लागि ६१३, अध्यक्षको लागि ४७६, उपप्रमुखको लागि २६८, उपाध्यक्षको लागि ३०३, वडा अध्यक्षको लागि ३ हजार ५४६, महिला सदस्यको लागि २ हजार ६९, दलित महिला सदस्यको लागि १ हजार ६६४ र सदस्यको लागि ४ हजार ४४७ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले मनोनयन दर्ताको लागि आज बेलुकी पाँच बजेसम्म समय तोकेको छ ।
सम्बन्धित
















10 injured in bus- microbus collision
घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया