काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवारी दर्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा कांग्रेसका तर्फबाट सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छिन् । उनले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्टिय जनमोर्चासहितको समर्थनमा सत्तागठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएकी हुन् ।
सत्ता गठबन्धनका तर्फबाट काठमाडौं महानगरको मेयरमा कांग्रेस र उपमेयरमा नेकपा एकीकृत समाजवादीले लिने गरी सिट बाँडफाँड भएको थियो । उनी पनि नारावाजीसहित उम्मेदवारी दर्ताका लागि राष्टिय सभा गृह पुगेकी थिइन् ।
उनी भन्दा अगाडी एमालेका तर्फबाट पूर्व मेयर केशव स्थापितले उम्मेदवारी दर्ता गरेका थिए ।
को हुन् सिर्जना सिंह ?
सिर्जना सिंह गणेशमान र मंगलादेवी सिंह परिवारको सदस्य हुन् । उनको आफ्नै राजनीतिक पृष्ठभूमिसमेत रहेको छ । गोरखा बजारमा जन्मिएकी सिर्जना २०४२ सालमा गणेशमान परिवारमा भित्रिएकी हुन् ।
तर, राजनीतिक संघर्षको यात्रा भने उनले गोरखाबाटै सुरुवात गरेकी थिइन् । २०३३ सालमा कांग्रेसको सदस्यता लिएकी उनी त्यही वर्ष गोरखाको महिला संघकी सभापति बनेकी थिइन् ।
पेसाले केही समय उनले नर्सिङ काम पनि गरिन् । नर्सिङ पढ्दापढ्दै समाजशास्त्र पढ्न थालिन् । स्नातक पढ्दै गर्दा शंकरदेव कलेजमा उनी स्ववियुको कोषाध्यक्ष भएकी थिइन् । त्यतिबेला उनीसँग हालकी ऊर्जामन्त्री रहेकी पम्फा भुसालले प्रतिस्पर्धा गरेकी थिइन् । सिर्जनाले पछि त्रिचन्द्र कलेजबाट समाजशास्त्रमा एमए गरिन् ।
प्रजातन्त्र स्थापनाका लागि वाम गठबन्धनमा भएको ०४६ सालको आन्दोलनको नेतृत्व गणेशमानले गरेका थिए र चाक्सीबारी त्यसको मुख्य केन्द्र बनेको थियो ।
सिंह पछिल्लो समय कांग्रेसको महिला संघको केन्द्ीय सल्लाहकार पनि छिन् ।















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया