निवार्चनअघि माओवादी केन्द्रको विजयी शुरुवात
मेरोन्यूज
२०७९ वैशाख १२ गते १६:०३

काठमाडौँ । मनाङको नेस्याङ गाउँपालिका ९ खाङसारको वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।
माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार वडाध्यक्षमा गुरुङलगायत सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन ।
सदस्यहरूमा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन् ।
सम्बन्धित















खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया