बिहीबार, माघ १५, २०८२

देशभर करिब ४८ हजार जनाले दिए उम्मेदवारी

मेरोन्यूज २०७९ वैशाख १२ गते १८:२६

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ४८ हजार १९७ उमेद्वारहरूले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगको विवरणअनुसार एक हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । यस्तै, उपमेयर पदमा ९७५ जनाले मनोनयन दर्ता गराएका छन् ।

त्यसैगरी ४६० गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ६१० जनाले उम्मेदवारी दिएका छन् भने एक हजार ५० जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

देशभरका कूल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १२ हजार ३१२ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ ।

त्यस्तै सात हजार ६९३ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ६ हजार ७११ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।

प्रतिक्रिया