देशभर करिब ४८ हजार जनाले दिए उम्मेदवारी
मेरोन्यूज
२०७९ वैशाख १२ गते १८:२६

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ४८ हजार १९७ उमेद्वारहरूले मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन आयोगको विवरणअनुसार एक हजार ६५७ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । यस्तै, उपमेयर पदमा ९७५ जनाले मनोनयन दर्ता गराएका छन् ।
त्यसैगरी ४६० गाउँपालिकाको अध्यक्षको पदमा एक हजार ६१० जनाले उम्मेदवारी दिएका छन् भने एक हजार ५० जनाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
देशभरका कूल ६ हजार ७४३ वडाको वडाध्यक्ष पदमा १२ हजार ३१२ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या १२ हजार ५१७ छ ।
त्यस्तै सात हजार ६९३ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ६ हजार ७११ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया