शुक्रबार, चैत २०, २०८२

पार्टी परित्याग गरेकालाई गगनको अनुरोध – दुई दिन मात्र बाँकि छ,पार्टीमा फर्किनुहोस्, चुनावपछि पार्टीमा बहस गरौं

मेरोन्यूज २०७९ वैशाख १४ गते १४:४५


काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले कांग्रेस पार्टीलाई जिताउँन युद्धमा होमिएको बताएका छन् । काठमाडौंको बत्तिसपुतलीमा आयोजित ‘स्थानीय तह निर्वाचन अभियान र सम्पर्क समितिहरूको भूमिका’ विषयमा कार्यक्रमा महामन्त्री थापाले पार्टीले एक निर्णय गरेर चुनावमा होमिएको समयमा पार्टीको निर्णयलाई मान्नुपर्ने र सम्मान गर्नुपर्ने बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

उनका अनुसार अहिलेको यो अवस्था चित्तबुझ्दो अवस्था नरहेको समेत बताए । गठबन्धनको बैठक बाहिर पनि एमालेको नेता ढुकेर बसेको छ, यहाँ गठबन्धनका ठुला दलहरु भने योनेता यस्तो भयो उस्तो भन्ने भन्ने गरेको देखिएको छ,उता हामीलाई धारे हात लगाउँनेको पनि अवस्था राम्रो छैन्, पाँच दलबाहिरका सबै दलसँग मिलेको छ ।
उनलेभने,‘बागी उठेका र पार्टी परित्याग गरेका साथीहरुलाई मेरो अनुरोध छ,अब दुई दिन मात्र बाँकि छ,पार्टीमा आउँनुहोस् अहिले मिलेर जाऔं, चुनावपछि पार्टीमा दरो बहस गरौं ।’

प्रतिक्रिया