‘सी’ डिभिजनको दोस्रो चरणमा १६ गोल, सानेपा शीर्ष स्थानमा

काठमाडौँ । सहिद स्मारक ‘सी’ डिभिजन लिगको दोस्रो चरण सकिएकाे छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा सातदोबाटोस्थित एन्फा मैदानमा चलिरहेको प्रतियोगिताका दोस्रो चरणका खेल बुधबार सकिएका हुन् ।
हरेक दिन तीन खेल खेलाइएकाे दोस्रो चरणमा सात खेल आयोजना भए । महावीर क्लब र प्लानिङ ब्वाइज क्लब भिड्दै सुरु भएको दोस्रो चरण अन्तिम खेलमा ओसिस क्लब र झापा फुटबल क्लब भिड्दै समाप्त भयो ।
दोस्रो चरणमा कूल १६ गोल भए । औषतमा दुइ दशमलव २८ गोल भए । यसअघि पहिलो चरणमा २५ गोल भएका थिए ।
यस चरणमा तीन खेल बराबरीमा सकिँदा चार खेलमा हार जितका नतिजा आए । पहिलो खेलमा महावीर र प्लानिङले १–१ गोल र दोस्रो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले ।
तेस्रो खेलमा सानेपा क्लबले पुल्चोक स्पोर्टस् क्लबलाई २–० अन्तरले हरायो । चौँथो खेलमा खालिबारी युथ एफसी र स्पोर्टस् एकेडेमी साँगाले २–२ गोलको बराबरी खेले ।
यस्तै, पाँचौ खेलमा मनोहर युनाइटेड क्लब र स्वयम्भू क्लबले १–१ गोलको बराबरी खेले । यता, ७५ मिनेटसँम्म १–० ले पछि परेको आरसी ३२ फुटबल एकेडेमीले पुनरागमनसहित वीरगंज युथ एकेडेमीलाई ३–१ अन्तरले हरायो ।
समाज कल्याण खेलकुद केन्द्रले रानीवन स्पोर्टस् एकेडेमी र झापा फुटबल क्लबले ओसिस क्लबलाई क्रमशः १–० ले पराजित गर्याे ।
जारी लिगमा समान ६ अंक भए पनि सानेपा, झापा र आरसी ३२ क्रमशः पहिलो दोस्रो र तेस्रो स्थानमा छन् । समान चार अंकका साथ मनोहरा, महावीर र प्लानिङ क्रमशः चौँथो देखि छैटौँ स्थानसम्म छन् ।
यता, तीन अंकका रानीवन र समाज कल्याण क्रमशः सातौँ र आठौँ स्थानमा छन् भने एक अंकका स्वयम्भू, साँगा र खालिवारी क्रमशः नवौँदेखि ११औँ स्थानमा छन् । खाता खोल्न नसकेका पुल्चोक, ओसिस र वीरगंज क्रमशः १२औँ देखि पुछारसम्म छन् ।
एन्फाले ‘ए’ र ‘बी’ डिभिजन लिग पछि ‘सी’ डिभिजन लिग आयोजना गरेको हो । लिगका शीर्ष दुई क्लब ‘बी’ डिभिजनमा बढुवा हुनेछन् भने पुछारका दुई क्लब ‘सी’ डिभिजन छनोटमा घटुवा हुनेछन् ।
दोस्रो चरणका खेल र नतिजा
महावीर क्लब १–१ प्लानिङ ब्वाईज क्लब
खालिबारी युथ एफसी २–२ स्पोर्टस् एकेडेमी साँगा
पुल्चोक स्पोर्टस् क्लब ०–२ सानेपा क्लब
मनोहरा युनाईटेड क्लब १–१ स्वयम्भू क्लब
आरसी ३२ फुटबल एकेडेमी ३–१ वीरगंज युथ एकेडेमी
रानीवन स्पोर्टस् क्लब ०–१ समाज कल्याण खेलकुद केन्द्र
ओसिस क्लब ०–१ झापा फुटबल क्लब
पहिलो चरणका खेल र नतिजा
स्पोर्टस् एकेडेमी सांगा १–२ महावीर क्लब
आरसी ३२ फुटबल एकेडेमी १–० खालीबारी युथ क्लब
पुल्चोक स्पोर्टस् क्लब ०–१ प्लानिङ ब्वाइज क्लब
मनोहरा युनाईटेड क्लब ४–० वीरगंज युथ एकेडेमी
ओसिस क्लब ०–३ सानेपा क्लब
रानीवन स्पोर्टस् क्लब ४–३ स्वयम्भू क्लब
समाज कल्याण्ड खेलकुद केन्द्र २–४ झापा एफसी
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया