देशभर थप ११ जनामा संक्रमण पुष्टि, १७ जना डिस्चार्ज
मेरोन्यूज
२०७९ वैशाख १४ गते १७:३१

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट थप ४ हजार ११९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा थप ८ जना र १ हजार ७७२ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ गरि कुल ११ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा २ सय ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, गत २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त भइ थप १७ जना डिस्चार्ज भएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण मुक्त भइ डिस्चार्ज हुनेको कुल संख्या ९ लाख ६६ हजार ५७५ पुगेको छ । कोरोना निको हुने दर ९८ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै, गत २४ घण्टामा देशभरबाट थप १ लाख २३ हजार ५९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित














पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
नेशनल लाईफको सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न
महावीर पुनको चुनाव चिह्न ‘त्रिभुज’
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया