मंगलबार, फागुन २६, २०८२

आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ वैशाख १४ गते १८:५९

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा मिति २०७९/०१/१४ गते बुधबारका दिन कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा।रामहरि अर्यालज्यको सभापतित्वमा काठमाण्डौंको होटल ¥याडिसनमा सम्पन्न भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सो सभा मार्फत कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरियो । उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरियो । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आई।एम।ई।लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्न गाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरियो ।

सभामा बोल्दै सभाका सभापति डा.अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो बिषयलाई अवसरको रुपमा लिई बीमा सम्बन्धी जानकारी, जनचेतना र बीमाको पँहुच न्यून भन्दा न्यून आयस्रोत भएका जनमानसमा समेत पु¥याउन कटिबद्ध रहेको र आगामी दिनमा कम्पनीका सेवाहरु अझ चुस्त, छिटो छरितोरुपमा उपलब्ध गराउन प्रविधिमा विशेष जोड दिइने प्रतिबद्धता जाहेर गरे ।

कम्पनीकोे उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाब र सहयोग गर्ने शेयरधनी महानुभावहरु, कम्पनी प्रति बिश्वास र भरोसा गर्नुहुने समस्त बीमितहरु, कम्पनीको सफलताका लागि सहयोग तथा मार्ग निर्देशन दिने नेपाल सरकार, श्री बीमा समिति, श्री कम्पनी रजिष्ट्रारको कार्यालय, श्री नेपाल धितोपत्र वोर्ड, श्री नेपाल स्टक एक्सचेन्ज लिमिटेड लगायत सम्पूर्ण नियमनकारी निकाय तथा सम्पूर्ण बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, अभिकर्ताहरु, विभिन्न बैंक तथा वित्तीय संस्था एवं अन्य शुभेच्छुकहरु सवै प्रति हार्दिक कृतज्ञता ज्ञापन गरे । सो सभामा कम्पनीका सञ्चालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, व्यवस्थापन समिति तथा अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया