एपीएफमा आबद्ध महिला खेलाडीमाथि दुर्व्यवहार, कारबाही गर्ने धम्की !

काठमाडौं । अखिल नेपाल महिला फूटबल संघको निर्वाचनमा मत हाल्न गएका सशस्त्र प्रहरीका बल (एपीएफ क्लब)का खेलाडीलाई एन्फा परिसरमा दूव्र्यवहार गरिएको पाइएको छ । उनीहरुलाई केही बेर बन्धक जस्तै बनाएर राखिएको पाइएको हो ।
मंगलबार भएको सो निर्वाचनमा सशस्त्र प्रहरी बलका पूर्व डिआइजी सुरज श्रेष्ठकी पत्नी पेमा डोल्मालाई मत दिन गएका केही खेलाडीलाई दुव्र्यवहार भएको स्रोतको दावी छ । ‘सशस्त्र प्रहरी बल मूख्यालयको निर्दैशनमा उनीहरुलाई दूव्र्यवहार गरिएको स्रोतको दावी छ । उनलाई मतदान गरेको आरोपमा केही खेलाडीलाई कारवाही गर्ने धम्की समेत दिइएको छ । ‘पेमालाई मत दिएको भन्दै केही खेलाडीलाई कारवाही गर्ने धक्की दिइएको रहेछ’, स्रोतले भन्यो ।
मेरोन्यूजको सम्पर्कमा आएका एक खेलाडीका अनुसार सशस्त्र प्रहरी क्लबका खेलाडीको मोवाइल समेत खोसिएको थियो । तर पनि पेमा डोल्मा अखिल नेपाल महिला फुटबल संघको अध्यक्षमा भारी मतान्तरले निर्वाचित भएकी थिइन । मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको निर्वाचनमा अध्यक्ष पदकी अर्की प्रत्याशी विमला पौडेललाई भारी मतान्तरले पराजित गर्दै लामा अध्यक्षमा चुनिएकी हुन् । कुल ४२ भोटमध्ये लामाले ३६ तथा पौडेलले ६ भोट प्राप्त गरे । यस्तै, उपाध्यक्षमा प्रमिला सिंह श्रेष्ठ, लुना प्रधान र कमला हिराचन थकाली उपाध्यक्षमा निर्वाचित भएका छन् ।
श्रेष्ठले ३८, प्रधानले ३५ र हिराचनले ३४ भोट प्राप्त गरे । यस्तै, सदस्यमा विन्द्रा देवान, दिपा क्षेत्री, सरिला श्रेष्ठ मलेकु, सरस्वती श्रेष्ठ, लिलामाया थापा, चन्द्रा भन्डारी र विना श्रेष्ठ निर्विरोध निर्वाचित भए । एन्फामा महिला संघको चुनाव सुरु हुनुअघि नै सशस्त्र प्रहरी बलसँग आवद्द रहेका खेलाडीलाई दूव्र्यवहार गरिएको थियो ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया