एमाले टीकापुरले तोक्यो दुई कमाण्डर

टीकापुर। नेकपा एमाले टीकापुरले आफ्ना उम्मेद्धारहरुलाई विजयी गराउन ७ सय ५१ जनाको निर्वाचन परिचालन मुल समिति गठन गरेको छ ।
बुधबार नगर कमिटीको आयोजनामा बसेको सम्पूर्ण पार्टी कमिटी र जनवर्गिय संगठनहरुको सयुक्त भेलाले प्रेम साउँद संयोजक र सम थापा सहसंयोजक रहने गरी निर्वाचन परिचालन मुल समिति गठन गरेको हो । साउँद र थापा दुबै जना एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हुन ।
नगर भित्रबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण प्रदेश कमिटी सदस्यहरु, जिल्ला कमिटी सदस्यहरु, नगर कमिटी, वडा कमिटी, टोल कमिटीका पदाधिकारी सहितका नेताहरु परिचालन मुल समितका सदस्य रहने छन ।
यसैगरी महाधिवेशन प्रतिनिधि परिषदका सदस्यहरु जिल्ला परिषदका सदस्यहरु पार्टीका सबै तहका सल्लाहकार सदस्यहरु, युवा, विध्यार्थी, मजदुर, भुमिहिन सकुम्वासी, महिला तथा पेशागत संगठनका पदाधिकारी सहित सदस्यहरु निर्वाचन परिचालन मुल समितिमा सदस्य रहने एमाले टीकापुर नगर कमिटीले जनाएको छ ।
यसैगरी, भेलाले निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन विभिन्न ११ उपसमितिहरु पनि गठन गरेको जनाएको छ ।
एमाले टीकापुरले चयन गरेका यी दुई कमाण्डरमा साउँद उमेरले पाका नेता हुन भने थापा करिब दुई दशकको मुलधारको पत्रकारितामा अनुभवप्राप्त र हाल एमालेका पूर्णकालिन युवा नेता हुन । यी दुबैलाई टीकापुर क्षेत्रमा हक्की स्वभाव भएका इमान्दार र राम्रो समन्वयकारी नेताका रुपमा मान्ने गरिन्छ । थापाको परिचय बौद्धिक व्यक्तित्वका साथै असल रणनीतिकारका रुपमा पनि रहेको छ ।
टीकापुरमा एमालेले श्याम खत्रीलाई मेयर र उपमा केसीलाई उपमेयरको उम्मेद्धारका रुपमा चुनावी मैदानमा उतारेको छ । ९ वटै वडाका उम्मेद्धार सहित एमालेबाट ४७ जना प्रतिस्पर्धामा छन ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया