मंगलबार, माघ ६, २०८२

भरतपुरको कमलनगर चोकमा आगलागी

मेरोन्यूज २०७९ वैशाख १५ गते ७:२३

चितवन । चितवनको भरतपुरस्थित कमलनगर चोकका घरमा आगलागी भएको छ। गए रातिदेखि नै लागेको आगो अझै नियन्त्रणमा लिन सकिएको छैन।

आगलागी नियन्त्रण गर्न दमकलसहित नेपाल प्रहरी परिचालन गरिएको चितवन प्रहरीले जनाएको छ।

चितवनका प्रहरी प्रमुख नवराज अधिकारीले दमकलहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको जानकारी दिए ।
‘चारवटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । अब दुईरचार प्रतिशत आगो निभाउन बाँकी छ,’ डिएसपी अधिकारीले भने ।आगलागीबाट पाँचभन्दा बढी पसलमा क्षति पुगेको छ। मानविय क्षति भने भएको छैन् ।

प्रतिक्रिया