भिल्लारियलविरुद्ध लिभरपुललाई अग्रता
मेरोन्यूज
२०७९ वैशाख १५ गते ७:५०

काठमाडौं । यूइएफए च्याम्पियन्स लिग फुटबल अन्तर्गत दोस्रो सेमिफाइनलको पहिलो लेगमा लिभरपुलले भिल्लारियलाई २-० अन्तरले पराजित गरेको छ ।
बुधबार राति घरेलु मैदान एनफिल्डमा जित निकाल्ने क्रममा लिभरपुलले सुरुआती गोल उपहार पायो, भने दोस्रो गोल साडियो मानेले गरे ।
घरेलु मैदानको सहज जितसँगै लिभरपुल फ्रान्स राजधानी पेरिसमा हुने फाइनल नजिक छ । अब दोस्रो लेग भिल्लारियलको मैदानमा हुनेछ । जुन खेलमा लिभरपुललाई बराबर काफी हुनेछ ।
भिल्लारियलको बलियो डिफेन्स बीच पहिलो हाफमा कुनै गोल निस्कन सकेन । खेलको ५३औँ मिनेटमा पर्भिस स्तुपिनानले आफ्नै पोस्टमा गोल गर्दा लिभरपुलले अग्रता बनायो ।
पहिलो गोल भएको दुई मिनेट पछि नै साडियो मानेले मोहम्मद सलाहको पासमा दोस्रो गोल गरे ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया