बागी उम्मेदवारी फिर्ता लिनुस् : प्रधानमन्त्री (बक्तब्यसहित)
पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन भन्दा बाहिर रहेर पार्टीका नेताहरुले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उम्मेदवारी फिर्ताको समय एक दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री देउवाले आफ्नै पार्टी कांग्रेसका नेता कार्यकर्तालाई त्यस्तो आग्रह गरेका हुन् ।
उनले विहिवार बक्तब्य नै जारी गरेर त्यस्तो आग्रह गरेका हुन् ।
देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन निर्माण भएको पनि वक्तब्यमार्फत जनाएका छन् ।
एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री देउवाले त्याग, एकता र समर्पण भावका साथ अगाडी बढन् नेता कार्यकर्तालाई अपिल पनि गरेका छन् ।
प्रधानमन्त्रीले भने, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’
हेर्नुहोस बक्तब्य


















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया