‘पार्टीले मेरो कुरा सुनेन, जितेर देखाइदिन्छु’
मेरोन्यूज
२०७९ वैशाख १५ गते १६:४०

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न आग्रह गरेका हुन् ।
यसैबीच, हेटौँडा उपमहानगर २ मा नेपाली कांग्रेसका नेता सुदीप राजबाहकले स्वतन्त्र उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।०७४ सालको निर्वाचनमा २ नम्बर वडामा कांग्रेसबाट जित्ने राजबाहक एक्ला जनप्रतिनिधि हुन् ।
यसपटक अध्यक्षका लागि दाबी गरे पनि पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । ‘म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्नँ,’ राजबाहकले भने, ‘मेरो पक्षमा युवाहरू छन्, तर पार्टीले मेरो कुरा सुनेन, म जितेर देखाइदिन्छु ।’
सम्बन्धित
















कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया