प्रचण्डले निवासमै बोलाएर भेटे मध्यपुर थिमिका गठबन्धनका उम्मेदवारहरुलाई

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक निर्देशन दिएका छन् ।
आफ्नै निवास खुमलटारमा बोलाएर प्रचण्डले निर्वाचन तयारी लगायतका विषयमा जानकारी लिदै आवश्यक निर्देशन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
प्रचण्डले बोलाएपछि बिहीबार बिहान गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपमेयरका उम्मेदवार विजयकृष्ण श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
उम्मेदवारहरुलाई पार्टीका केन्द्रीय सदस्यद्वय दिलिप प्रजापति ‘भिष्म’ र डिपी ढकालले प्रचण्ड निवास लिएर पुगेका थिए ।
प्रचण्डले वर्तमान गठबन्धनको विरुद्धमा देशीविदेशी शक्तिहरु लागिरहेकाले उनीहरुको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता डिपी ढकालले जानकारी दिए ।
राजधानीसँगै जोडिएको भक्तपुरको मध्यपुर थिमिका जनता सचेत समाजका प्रतिनिधि पात्र भएका भन्दै प्रचण्डले लोकतन्त्र र संविधान रक्षाको लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वास समेत व्यक्त गरेका थिए ।
देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेका जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरुलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दावी गरे ।
व्यवस्था परिवर्तनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै प्रचण्डले वर्तमान गठबन्धन व्यवस्था रक्षाको लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताएका थिए ।
अध्यक्ष प्रचण्डले मध्यपुर थिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रुपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रचण्डले बताएका थिए ।
‘अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकोले उत्साहित भएर आएका छौं।’ उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठले भने ।
मध्यपुर थिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली काँग्रेसका निवर्तमान नगर सभापति हुन् भने उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठ नेकपा (माओवादी केन्द्र)का नगर अध्यक्ष ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया