बागमतीमा बागीको उम्मेदवारी फिर्ता गर्न कांग्रेसको अपिल

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न आग्रह गरेका हुन् ।
उनले संविधान भत्काउने, संघीय लोकतान्त्रिक गणतान्त्रिक समावेशी व्यवस्थालाई कमजोर बनाउन शक्तिविरुद्ध गठबन्धन भएको उल्लेख गर्दै गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गरेका छन् । विनम्रतापूर्वक बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको र फिर्ता नलिए कारबाही गर्ने बानियाँले जनाएका छन् ।
मकवानपुरका विभिन्न पालिकामा गठबन्धन गर्ने निर्णय प्रदेश तहबाट भएर भागबण्डा टुंगिए पनि वडा स्तरमा दलहरूले आ आफ्नो उम्मेदवार उठाएका छन् ।
मकवानपुरको १० वटै स्थानीय तहमा गठबन्धन भए पनि कैलाश, मनहरी, राक्सिराङ, ईन्द्रसरोबर र बकैया गाउँपालिकामा गठबन्धनको तालमेलविपरीत उम्मेदवारी दर्ता भएको छ ।
हेटौँडा उपमहानगर, थाहा नगरपालिका, मकवानपुरगढी, भिमफेदी, बागमती गाउँपालिकामा गठबन्धनमा भएको तालमेलअनुसार नै उम्मेदवारी दर्ता गरिएको छ । तर, वडा स्तरमा तालमेल हुन सकेको छैन ।

















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया