केशव स्थापितको पक्षमा ओलीले भने : के हो मी टू भनेको ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरको मेयरका उम्मेदवार केशव स्थापितको पक्षमा अभिव्यक्ति दिएका छन् ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार बनेका स्थापितमाथि ‘मी टू’को आरोप उत्कर्षमा पुगेको अवस्थामा पार्टी अध्यक्ष ओलीले उनको पक्षमा अभिव्यक्ति दिएका हुन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले मी टू केही नभएको बताए ।
को हुन् केशव स्थापितसँग भनाभन गर्ने महिला ?
‘चुनावको बेलामा यस्ता आरोपहरू आउछन्, ‘मी टू’का कुरा आउँछ,’ अध्यक्ष ओलीले भने, ‘के हो मी टू भनेको ? हामीले काठमाडौँको मेयरमा केशव स्थापित जस्तो अनुभविलाई नेतृत्व दिन लागेका छौँ ।’
यस्तै, उनले मी टूको कुनै जवाफ नआउने भन्दै एमाले महिलाको अस्मिताको विषयमा गम्भिर हुने एक मात्र पार्टी भएको बताए ।
आजै मात्र नेसनल कलेजमा आयोजित एक कार्यक्रममा एक युवतीले ‘मी टू’को बारेमा प्रश्न गर्दा केशव स्थापितले अस्वभाविक उत्तर र शैली प्रस्तुत गरेका थिए ।
















इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया