शनिबार, चैत २१, २०८२

वडा सदस्यको उम्मेदवारी मनोनयन खारेज

मेरोन्यूज २०७९ वैशाख १५ गते २०:३१

हेटौँडा । हेटौँडा उपमहानगर १ का वडा सदस्यका उम्मेदवार पवन थोकरको उम्मेदवारी मनोनयन खारेज भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

नेकपा एकीकृत समाजवादीबाट खुल्ला सदस्यको रूपमा उम्मेदवारी दिएका थोकरको मनोनयन पत्र जाँच गर्ने क्रममा उक्त दलबाट पहिला नै दुई जनाको नाममा दर्ता भइसकेको भन्दै मनोनयन खारेज भएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

खुल्ला सदस्यमा एउटै दलका दुई जनाले मात्रै उम्मेदवारी दिन पाउने भएकाले थोकरको उम्मेदवारी मनोनयन खारेज भएको शर्माले बताए ।

प्रतिक्रिया