गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले गठबन्धन नहुने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताए । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे ।
गठबन्धनले पहिलोपटक निर्देशन पठाएको थियो । वैशाख ११ गते जिल्लास्थित शीर्ष नेताको बैठकमा निष्कर्षविहीन भएकाले अब सबै पार्टी एक्लाएक्लै चुनावी प्रतिस्पर्धा हुने बताए ।
नेपाली कांग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीले जुम्लाको अवस्था अस्तव्यस्त भएकाले गठबन्धन सम्भव नभएको बताए । त्यस्तै, एकीकृत नेकपा समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले केही दिन पहिले गठबन्धन नहुने निष्कर्षमा पुगेको बताए । उनले लामो समय गृहकार्य गरे गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।
त्यस्तै, गठबन्धनका लागि वैशाख १२ गते प्रदेश स्तरीय गठबन्धनले गाउँपालिकाको नेतृत्व बाँडफाँड गरेको थियो । तर, त्यो दिन मतदान केन्द्रमा उम्मेदवारी दर्ता गर्न गइसकेकाले गठबन्धनको सम्भावना सकिएको छ ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
प्रतिक्रिया