इग्लिस प्रीमियर लिग : चेल्सी र युनाइटेडको बराबरी
मेरोन्यूज
२०७९ वैशाख १६ गते ७:५९

काठमाडौं । इग्लिस प्रीमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका छन् ।
युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो ।
पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनी गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो ।
माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
बराबरीसंगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ ।
चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।
सम्बन्धित















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
प्रतिक्रिया