बागी उम्मेदवारी फिर्ताबारे छलफल गर्न गठबन्धनको बैठक बस्दै

काठमाडौं । बागी उम्मेदवारी फिर्ता लिने समय घर्किंदै जाँदा पाँच दलीय गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केही बेरपछि बैठक सुरु हुने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिए ।
बैठकमा बागी उम्मेदवारी फिर्ताबारे छलफल हुने उनको भनाइ छ । स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूबीच तालमेल भए पनि ठाउँठाउँमा बागी उम्मेदवारी परेको छ ।
११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ । उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ ।
आधिकारिक उम्मेदवारलाई निर्वाचत जित्न कठिन हुनेगरी बागी उम्मेदवारी परेको हो ।















स्वास्थ्य बीमाको क्षेत्रमा सुधारका काम भइरहेका छन्ः स्वास्थ्यमन्त्री शर्मा
11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया