नेपालकै सर्वाधिक ठूलो यामाहाको ‘महा एक्सचेन्ज मेला’ जारी

काठमाडौं । यामाहाको “महा एक्सेन्ज मेला” सुरू भएको छ । नेपालका लागि यामाहाका आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजद्वारा आयोजित यामाहा “महा एक्सचेन्ज मेला” बिहीबारदेखि भृकुटीमण्डमा सुरु भएको हो ।
एक हप्ता लामो यस महा मेला बैशाख २१ गतेसम्म आयोजना हुनेछ ।
नेपालकै सर्वाधिक ठूलो यस महा एक्सचेन्ज मेलामा थुप्रै सुविधा, र विभिन्न आकर्षक उपहारको व्यवस्था रहेको कम्पनीले जानकारी दिएको छ ।
मेलामा जुनसुकै ब्राण्ड र जुनसुकै अवस्थाका मोटरसाइकल तथा स्कुटर एक्सेन्ज गर्न सकिने र सो गर्नेलाई बजार मूल्यांकनको अतिरिक्त १० हजार रूपैयाँ दिइने कम्पनीले घोषणा गरेको छ ।
,यस “महा एक्सचेन्ज मेला” मा सहभागी भएर एक्सचेन्ज गर्ने वा यामाहाका कुनै पनि नयाँ मोटरसाइकल/स्कुटर खरिद गर्ने ग्ग्राहकले कम्पनीले सञ्चालन गरिरहेको नयाँ वर्ष अफर “मल्टिप्लाई योर ह्यापिनेस २०७९*१००० टाइम्स’मा सहभागी हुने अवसर पाउनेछन् । “मल्टिप्लाई योर ह्यापिनेस २०७९*१००० टाइम्स” अफरअन्तर्गत डिजिटल ज्याकपटमार्फत् ग्राहकले दैनिक रूपमा रू.२०७,९००, स्योर शटमा रू. ८,३१६ र बम्पर उपहारमा रू. २०.७९ लाखसम्म जित्न सक्नेछन् ।
एक्सचेन्ज मेलामा टेष्ट राइडको कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट राइडका सहभागीमध्येबाट हरेक दिन एक जनाले माउण्टेन फ्लाइटको टिकट उपहार प्राप्त गर्ने अवसर पनि रहेको छ ।
यसैगरी, मेलामा यामाहाका कुनै पनि बाइक र स्कुटर लिन चाहनेहरूका लागि “अन द स्पट फाइनान्स” सुबिधा पनि उपलब्ध रहेको छ । उक्त फाइनान्स सुबिधा अन्तर्गत ग्राहकलाई कुल मूल्यको ४० प्रतिशत अग्रिम भुक्तानी र सबैभन्दा न्यून किस्तामा बाइकरस्कुटर लिने सुबिधा दिइने कम्पनीले जनाएको छ ।
यसका अतिरिक्त, मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क बाइक एक्सेसरीज प्रदान गर्ने र जुनसुकै ब्राण्डका मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने, राइडिङ प्रतियोगिता, “डोर प्राइज”, र “डेली क्वीज” जस्ता आकर्षणहरू रहेका छन् ।
‘यस मेलाको भरपूर लाभ उठाउन नेपाली बाइक प्रेमीहरूको उत्साहजनक सहभागीता रहनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ’ यामाहा नेपालका सिईओ राजु क्षेत्रीले भने ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया