रुस युक्रेन युद्ध:
रुसी हमलामा युक्रेनी पत्रकारको मृत्यु

किभ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको युक्रेन भ्रमणका क्रममा राजधानी किभमा हवाई हमला गरेको रुसले पुष्टि गरेको छ । रुसले दुई सातापछि पहिलो पटक क्षेप्यास्त्र प्रहार गरेको हो । हमलामा एक युक्रेनी पत्रकार मारिएकी छिन् ।
हमलामा अमेरिकी अनुदान प्राप्त रेडियो फ्री युरोप/रेडियो लिबर्टीकी निर्माता भेरा ग्यारिचको मृत्यु भएको हो । राजधानी किभमा उनी बस्ने भवनमा रुसी क्षेप्यास्त्र प्रहारबाट ग्यारिचको मृत्यु भएको मिडिया समूहले जनाएको छ ।
उच्च सटीक र लामो दूरीको हावामा आधारित हतियार तैनाथ गरेको र त्यसले राजधानी किभमा आर्टियोम मिसाइल र अन्तरिक्ष उद्यम उत्पादन भवनहरू ध्वस्त पारेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।
युक्रेन संकटबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच वार्ता भइरहेका बेला किभमा रुसी हमला भएको थियो ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईसँगको खेलमा नेपाल पराजित
प्रतिक्रिया