बुधबार, माघ ७, २०८२

आईजीपी नियुक्तिको निर्णयविरुद्ध सर्वोच्च जाने पोखरेलको तयारी

मेरोन्यूज २०७९ वैशाख १८ गते १३:५६

काठमाडौं । एआईजी धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपी नियुक्त गर्ने निर्णयप्रति प्रहरी संगठन भित्रै असन्तृष्टि देखिएको छ ।

एकै ब्याच भए पनि आफूभन्दा जुनयरलाई आईजीपी बनाइएको भन्दै एआईजी विश्वराज पोखरेल अदालत जाने तयारी गरेका छन् ।

आफु भन्दा जुनियरलाई आइजीपी बनाउने निर्णयविरुद्ध सर्वोच्च अदालत जाने तयारीमा रहेको विश्व पोखरेल निकट स्रोतले जनाएको छ ।

पोखरेल सिंहभन्दा १६ महिनाअघि एआईजी बनेका थिए । सिनियर हुँदाहुँदै जुनियरलाई आईजीपी बनाइएको भन्दै कानुनी लडाइँ लड्ने पोखरेल निकट स्रोतले जनाएको छ ।

उनि निकट स्रोतका अनुसार आईजीपी नियुक्तिको विषयमा उनि कानुन व्यवसायीसँग छलफलमा बसेका छन् । उनि भोली अदालत खुले लगत्तै सर्वोच्चमा जाने तयारीमा छन् ।

प्रतिक्रिया