सशस्त्र र प्रहरीका नवनियुक्त आईजीपीले भोलि बिहान फुली लगाउने
मेरोन्यूज
२०७९ वैशाख १८ गते १७:५२

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले सोमबार (भोलि) बिहान फुली लगाउने भएका छन् ।
सोमबार बिहान ८:४५ बजे गृह मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरीका धिरज प्रताप सिंह र सशस्त्रका राजु अर्याललाई फुली लगाउने गृहमन्त्रालय स्रोतले जनाएको छ ।
उनीहरू दुवै जनालाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । नियुक्त भएका दुवै जनालाई गृहसचिवले फुली लगाउने छ ।
प्रहरीका महानिरीक्षकको नियुक्तिमा वरियता मिचेको भन्दै आईजीपीका प्रत्यासी विश्वराज पोखरेल र शहकुल थापाले सरकारको निर्णयविरुद्ध सर्वोच्चमा जाने तयारी गरेपछि गृहमन्त्रालयले अदालत खोल्नु पूर्व नै उनीहरूलाई फुली लगाउने कार्यक्रम राखेको हो ।
सम्बन्धित
















मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
सिन्धुली-२ मा नेकपाभित्र किचलो : हरिबोल गजुरेलकाे प्रस्तावमा महेश्वर दाहालकाे बागी उम्मेदवारी
कैलाली १ मा डा. जनकराज शाहद्वारा उम्मेदवारी दर्ता
रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता
यी हुन् नेकपाका १६५ उम्मेदवार
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
प्रतिक्रिया