आइतबार, चैत २२, २०८२

प्रसारण लाइन निर्माणमा अवरोध गर्ने चार जना पक्राउ

मेरोन्यूज २०७९ वैशाख १८ गते २१:१०

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले २२० केभी राष्ट्रिय प्रसारण लाइन निर्माणमा अवरोध गरेको भन्दै आइतबार चार जनालाई नियन्त्रणमा लिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

लमजुङका प्रहरी प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले दोर्दी गाउँपालिका १, ढोकेबेँसीमा राष्ट्रिय प्रसारण लाइन निर्माण गर्ने क्रममा तार टाँग्दै गर्दा डोरी काटेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी कार्कीका अनुसार उनीहरूले प्रसारण लाइनको एउटा गाडीमा पनि तोडफोड गरेका छन् । पीडितले २२० केभी प्रसारण लाइन मुनि आफ्नो घर रहेको र प्रभावित भए पनि पीडितको सुनुवाइ नभएको भन्दै पीडितले संघर्षका विभिन्न कार्यक्रम गर्दै आएका थिए ।

प्रहरीले तार टाँगिरहेको समयमा डोरी काटेको र गाडी तोडफोड गरेपछि दोर्दी गाउँपालिका १ ढोकेबेँसीका पवित्रा थापा, राजेश थापा, सञ्जिव थापा र सन्तोष गिरीलाई नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया