हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ ९९ पैसा र बिक्री दर १२२ रुपैयाँ ५९ पैसा कायम गरेको छ ।
युरोपियन यूरो एकको खरिद दर १२८ रुपैयाँ छ पैसा र बिक्री दर १२९ रुपैयाँ २३ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५३ रुपैयाँ ३८ पैसा र बिक्री दर १५४ रुपैयाँ १३ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२५ रुपैयाँ तीन पैसा र बिक्री दर १२५ रुपैयाँ ९२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ १७ पैसा र बिक्री दर ८६ रुपैयाँ छ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३४ पैसा छ ।
जापानी येन १० को खरिद दर नेपाली नौ रुपैयाँ चार पैसा र बिक्री दर नौ रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४६ पैसा र बिक्री दर १८ रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
साउदी अरबियन रियाल एकको खरिद दर ३२ रुपैयाँ ५२ पैसा र बिक्री दर ३२ रुपैयाँ ६८ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ४२ पैसा र बिक्री दर ३३ रुपैयाँ ५९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ दुई पैसा छ भने बिक्री दर २८ रुपैयाँ १६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ६५ पैसा र बिक्री दर नौ रुपैयाँ सात पैसा कायम भएको छ ।













स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया