वर्षाका कारण नेपाल र जिम्बाब्बे बीचको खेल रोकियो

काठमाडौं, १९ वैशाख ।नेपाल र जिम्बाब्बे बीचको जारी दोस्रो खेल वर्षाका कारण प्रभावित हुँदा रोकिएको छ । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टिमले आज (सोमबार) दोस्रो खेलमा पाहुना टोली जिम्बाब्बे ‘ए’विरुद्ध टस जितेर फिल्डिङ गरिरहेको छ ।
कीर्तिपुरस्थित टियु मैदानमा नेपालका कप्तान सन्दीप लामिछानेले टस जिटेर जिम्बाब्वेलाई ब्याटिङ निम्तो दिएका हुन् । ४८-२ को स्थितिमा पानी परेपछि खेल रोकिएको छ । हिजो भएको पहिलो खेलमा बलिङ र ब्याटिङ दुबैमा चुकेको नेपाल घरेलु मैदानमा पराजित भएको थियो ।
यसैले नेपाल दोस्रो खेलमा हारको बदला लिँदै श्रृंखला १-१ को अवस्थामा ल्याउन चाहन्छ । नेपालले अमेरिकामा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को तयारी स्वरुप जिम्बाब्वेसँग खेल्न लागेको हो । यसअघि पहिला तीन एकदिवसीय खेल र त्यसपछि तीन टी-२० खेल हुने बताइए पनि वर्षाका कारण पहिला टी-२० अगाडि सारिएको थियो । तेस्रो तथा अन्तिम टी-२० बुधबार हुनेछ । त्यसपछि तीन एकदिवसीय खेल हुने क्यानले जनाएको छ ।
















दाउन्ने सडक खण्डमा यातायात सञ्चालनमा अवराेध जारी
इरानकाे नतान्ज आणविक केन्द्रमा भएकाे आक्रमणबारे रुसद्वारा अन्तर्राष्ट्रिय छानवीनको माग
भारतीय प्रधानमन्त्री मोदी र इरानी राष्ट्रपति पेजेश्कियानबीच संवाद
सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया