निर्वाचनमा सुरक्षाबारे छलफल
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे छलफल भएको छ । बैठकमा यही वैशाख ३० मा हुन लागेको निर्वाचनको सुरक्षा प्रबन्धका लागि अहिलेसम्म भए गरेका कामको समीक्षा र आगामी योजनाबारे छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।
बैठकमा निर्वाचनको प्रचारप्रसारका क्रममा हुन सक्ने घटनालाई मध्यनजर गर्दै त्यस्ता घटना हुन नदिनका लागि गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिइएको छ ।
बैठकमा मन्त्री खाँणले अहिलेसम्म निर्वाचन सुरक्षाका लागि भए गरेका काम प्रशंसा योग्य रहेको भन्दै स्थानीय निर्वाचन शान्तिपूर्ण तरिकाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मिलाउनु पर्ने सुरक्षा प्रबन्धमा कुनै कसुर बाँकी नराख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।
उनले निर्वाचनमा आकस्मिक रूपमा र योजनाबद्ध झडप पनि हुन सक्ने भन्दै त्यस विषयमा सचेत रहन र झडपबारे सूचना पाउने बित्तिकै सुरक्षा निकायले एक अर्काबीच समन्वयमा अगाडि बढ्न निर्देशन दिएका हुन् ।
बैठकमा सोमबार मात्रै पदबहाली गरेका नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई समितिको नयाँ सदस्यका रूपमा स्वागत गरिएको थियो ।
बैठकमा गृह सचिव टेकनारायण पाण्डे, निमित्त रक्षासचिव यज्ञप्रसाद ढुङ्गेल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, प्रहरी महानिरीक्षक सिंह, सशस्त्र प्रहरी महानिरीक्षक अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेलको सहभागिता थियो ।
















‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा प्रदर्शन
मदिरा पिएर सडकमा निस्किएका ९ चालक कारबाहीमा
इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
प्रतिक्रिया