मंगलबार, फागुन २६, २०८२

मंगलम पाइप्सद्वारा कर्मचारीलाई हाैसलास्वरुप मायाको चिनो प्रदान

मेरोन्यूज २०७९ वैशाख २० गते १२:२६

काठमाडौं । मंगलम पाइप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र वितरण गरेको छ।
सीपीभीसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिङ प्रणालीको उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा.लि. ले आ.व.२०७७(७८ को अन्त्य सँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो।

Advertisement
nepal life insurencenepal life insurence

सोही अवसरमा मंगलम पाइप्सले आफ्ना कर्मचारीलाई मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गरेको हो। उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए।
सो अवसरमा प्रबन्धक निर्देशक चुरिवालले भने, ‘हाम्रो शुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो। एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन। आज यहाँहरुसँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ। मंगलम ग्रुपलाई यो उचाईसम्म पुर्याउनुभएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु।’

आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाए।मंगलम पाइप्सले उद्योग स्थापनाको शुरुवाती चरणदेखि नै कार्यरत कर्मचारीहरुलाई मायाको चिनो र प्रशंसा–पत्र वितरण गरेको छ।

सीपीभीसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलीमर पाइपिङ प्रणालीको उत्पादक र नियार्तकर्ता मंगलम इण्डस्ट्रिज प्रा।लि। ले आ।व।२०७७-७८ को अन्त्य सँगै भैरहवा स्थित कारखानामा सेल्स रिभ्यु कार्यकम आयोजना गरेको थियो।

सोही अवसरमा मंगलम पाइप्सले आफ्ना कर्मचारीलाई मायाको चिनो तथा प्रशंसा पत्र प्रदान गरेको हो।

उद्योगका प्रबन्ध निर्देशक अभिनव चुरिवालले कर्मचारीहरुलाई प्रत्यक्ष रुपमा भेटेर अन्तरक्रिया गर्नुको साथै प्रगतिको लागि हौसला पनि प्रदान गरेका थिए।

सो अवसरमा प्रबन्धक निर्देशक चुरिवालले भने, ‘हाम्रो शुरुवाती दिनहरुदेखि नै हामीसँग जोडिएर, सुख–दुःखमा पनि सँगै रहेर यो स्थानसम्म हामी आइपुगेका छौँ, यो सबै यहाँहरुकै टेवा हो। एक जनाको मात्र प्रयास र मेहनतले यो कदापी सम्भव थिएन। आज यहाँहरुसँग बसेर अन्तरक्रिया गर्दा निकै खुशी मिलेको छ। मंगलम ग्रुपलाई यो उचाईसम्म पुर्याउनुभएकोमा आभार प्रकट गर्दछु र आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गर्दछु।’
आफ्ना कर्मचारीहरुलाई उनीहरुको समय र परिश्रमको लागि धन्यवाद दिन तथा भविष्यमा अझै उत्पादकत्व बढाउन र कर्मचारीहरुलाई हौसला दिनको लागि पनि यस्ता कार्यक्रमहरु समय समयमा आयोजना गरिरहने उद्योगका व्यवस्थापक भाइस तथा प्रेसिडेन्ट प्रदिप शुक्लाले जनाए।

प्रतिक्रिया