राहुल गान्धीसँग नाइट क्लबमा बसेकी चिनियाँ महिला को हुन् ?

काठमाडौं । यतीबेला सामजिक सञ्जालमा भारतीय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीको एउटा भिडियो निकै चर्चामा छ । उनि ठमेलस्थित नाइट क्लब एलओडी (लर्ड अफ द ड्रिङ्क्स)मा गएको भिडियो पछिल्लो समय नेपाल र भारत दुबै देशमा चर्चाको विषय बनेको छ । अझ भन्ने हो भने, राहुल गान्धिको सो भिडियोका कारण भारतमा आलोचना गरिएको छ ।
चौतर्फी चर्चामा रहेको उक्त भिडियोमा राहुल एक महिलासँग छन् । सो महिला चिनियाँ नागरीक रहेको उच्च स्राेतको दाबी छ । राहुल सोमबार राति ११ बजेदेखि १ बजे मध्यरात सम्म सोही महिलासँग थिए।
गान्धि सोमबार भिस्तारा एयरको विमानबाट काठमाडौँ ओर्लिएका थिए । राहुल काठमाडौंमा आफ्नो साथिको विहेमा आएका हुन् । चिनियाँ नागरीक पनि सोही साथिको विवाहमा आएका हुन् ।
म्यानमारका लागि पूर्वनेपाली राजदूत भीम उदासकी तथा पुर्वसचिवकी छोरी एवं सीएनएनकी पुर्वपत्रकार सुम्निमा उदासको विवाहमा सहभागि हुन आएका हुन् ।राहुल नक्सालस्थित होटल मेरियटमा बसेका छन्। सुम्निमाको नीमा मार्टिन शेर्पासँग आज विहे हुँदैछ।
तर भारतीय मिडियाहरुले ति चिनियाँ नागरीक नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी रहेको भन्दै चौतर्फी आलोचना गरेका छन् । चौतर्र्फी आलेचना भएपछि मेरोन्युजले सो महिला को हुन् भनेर खोजी गर्दा उनि अमेरीकामा बस्दै आएको र हाल साथि सुम्निमा उदासको विवाहको लागि नेपालमा आएको खुल्न आएको छ ।
भारतमा तरंग
आफ्नो व्यक्तिगवत कामले नेपालमा रहेका गन्धीको भिडियो सार्वजनिक भएपछि भारतमा तरंग आएको छ । गान्धीका विपक्ष पार्टीले उनिमाथि तिव्र हमला समेत गरेका छन् ।
उनको भिडियोमाथि आलोचना गर्दै भाजपा प्रवक्ता शहजाद पूनावालाले भनेका छन्, ‘राहुल गान्धीले के गरिरहेका छन्, यो उनको नीजि मामिला हो । तर जब राजस्थानको जोधपुरमा हिंसा भइरहेको छ, राजस्थानमा कांग्रेसको सरकार छ, राजस्थान जलिरहेको छ । यसमाथि चिन्ता व्यक्त गर्नुको साटो राहुल गान्धी नेपालको नाइटक्लबमा पार्टी गरिरहेको देखिएका छन् । जबकी उनी भारतका जनतासँग उनीहरुको समस्याबारे जान्न अग्रसर हुनुपर्दथ्यो ।’
पूनावालाले थपे, ‘कांग्रेस पार्टी ध्वस्त भइसकेको छ तर राहुल गान्धीको पार्टी यसरी नै चलिरहनेछ । उनी राजनीतिमा गम्भीर छैनन् । जब उनको पार्टी र देशका जनतालाई उनको आवश्यकता छ, उनी नेपालमा पार्टी गरिरहेका छन् ।’
केन्द्रीय कानुन न्यायमन्त्री किरेन रिजिजुले राहुल गान्धी भिडियो शेयर गर्दै अरुलाई उपदेश दिन सजिलो भएको तर आफूले कार्यान्वयन गर्न नपर्ने भनि प्रश्न गरेका छन्। एक सांसद र राष्ट्रिय राजनीतिक दलका नेताको रुपमा यो कार्य उपयुक्त नभएको उनले बताएका छन् ।
भाजपाका अर्का नेता कपिल मिश्राले पनि ट्वीटरमार्फत राहुल गान्धी कोसँग डिस्को गएको भनि प्रश्न गरेका छन्। ‘के चिनियाँ एजेन्टसँग हुन्रु’ उनले प्रश्न गरेका छन्, ‘के राहुलले सेनाविरुद्ध चिनियाँ दबाबमा ट्वीट गर्छन्रु’ उनले प्रश्न राहुलको होइन देशको भएको बताएका छन्।
भाजपा सामाजिक सञ्जाल इन्चार्ज अमित मालवीयले पनि राहुललाई व्यंग्य गरेका छन्। ‘जब मुम्बईमाथि हमला भएको थियो, तब पनि राहुल नाइट क्लबमा थिए। अहिले जब उनको पार्टी संकटमा छ, तब पनि नाइट क्लबमै छन्। उनमा निरन्तरता छ,’ उनले भनेका छन्।















कांग्रेस, एमाले र जनमत पार्टीका सयौं नेता कार्यकर्ताहरु जसपा नेपालमा प्रवेश
काठमाडौँका विभिन्न स्थानमा सवारी दुर्घटना, ३ जनाको मृत्यु
कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया