नेपालविरुद्ध जिम्बावे टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । नेपाल र जिम्बावे ‘ए’ बीचको पहिलो एक दिवसीय खेल आजबाट सुरु भएको छ । कीर्तिपुरस्थित ‘टियु’ मैदानमा हुने खेलमा भ्रमणकारी टोली जिम्बावेले टस जितेको छ । र उसले फिल्डिङ गर्ने निर्णय लिएको छ ।
जिम्बावेले टस जितेसँगै सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपालले सुरुवाती ब्याटिङ गर्ने भएको छ ।
जिम्वाबेविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुआतको लक्ष्यमा हुनेछ । गत साता शनिबार नै नेपाल र जिम्बावेबीचको तीन एक दिवसीय खेलको शृंखलाको तालिका रहेको थियो । तर लगतारको वर्षाका कारण पहिलो एक दिवसीय खेल सम्भव भएन ।
त्यसलगत्तै नेपाल क्रिकेट संघ ९क्यान०ले एक दिवसीय शृंखलाको तालिका परिवर्तन गर्दै पहिला तीन ट्वान्टी-२० शृंखला आयोजना गरेको थियो ।
तीन ट्वान्टी २० शृंखलाअन्तर्गत पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भयो । दोस्रो खेल वर्षाका कारण सम्भवन भएन । बुधबार सम्पन्न तेस्रो तथा अन्तिम खेलमा आठ विकेटको जितसहित नेपालले शृंंखलामा १-१ को बराबरी गरेको थियो ।
नयाँ तालिका अनुसार आजबाट तीन एक दिवसीय शृंंखलाअन्तर्गतको पहिलो खेल आयोजना हुन लागेको हो ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया