देउवाको प्रश्न : ओली जीको पार्टीलाई जिताएर के गर्नु हुन्छ ?

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मत दिएर जिताउन बुटवलवासीलाई आग्रह गरेका छन् ।
शंका उपशंका नगरी मत दिएर गठबन्धनले उठाएका उम्मेदवारलाई जिताउँदा गठबन्धनको भविष्य लामो हुने बताए । गठबन्धनलाई उनले राष्ट्रिय आवश्यकताको रूपमा अर्थ्याएका छन् ।
‘यो गठबन्धन आवश्यक छ, गठबन्धनको भविष्यका लागि उम्मेदवारलाई जिताउनु आवश्यक छ, संघीयता, गणतन्त्र र लोकतन्त्रलाई स्थायी रूपमा बचाउन गठबन्धन आवश्यक छ,’ देउवाले भने, ‘गठबन्धन दलबीच तालमेल गरेर उम्मेदवारी दिइएको छ, गठबन्धनका सबै साथीलाई शंका उपशंका नगरी जिताउनु पर्छ ।’
देशको स्थायी विकास गर्न, सुकुम्वासीको समस्या समाधान गर्नदेखि राजनीतिक व्यवस्था जोगाउन गठबन्धन बनेको देउवाले प्रष्ट पारे ।
उनले बुटवलवासीलाई नेकपा एमालेका उम्मेदवारलाई मत नदिन आग्रह गरे । उनले भनेका छन्, ‘ओली जीको पार्टीलाई जिताएर के गर्नु हुन्छ ? संसद् विघटन गरेको गरेकै गर्नु भयो, अदालतले न्याय गरेर संसद् पुनःस्थापना गर्यो तर चल्न दिएको छैन ।’
देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुदान भएको भन्दै अन्य देशसँग अनुदान सहयोग लिएर देशको विकास गर्न आवश्यक रहेको औँल्याए ।
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया