बिहीबार, माघ १५, २०८२

पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित

मेरोन्यूज २०८२ माघ १४ गते १८:३९

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले पूर्वमन्त्री प्रदीप यादवसहित ८ जनालाई पार्टीबाट निष्कासन गरेको छ।

फागुन २१ गते हुने निर्वाचनमा आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिएको भन्दै पूर्वमन्त्री प्रदीप यादवसहित आठ जनालाई जसपा नेपालले पार्टीबाट निष्कासन गरेकाे हाे ।

निष्कासन हुनेहरुमा पर्साका प्रदीप यादव, बाराका कमरुल्लाह अन्सारी, नवलकिशोर सिंह, चन्दनकुमार सिंह र आत्माराम साह, सर्लाहीका उदयकान्त मिश्र, महोत्तरीका हरिनारायण यादव र डा. शिवजी यादव रहेका छन् ।

आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रत्यक्षतर्फ जनता समाजवादी पार्टी, नेपालको नीति तथा निर्णयविपरीत पार्टीको आधिकारिक उमेदवारविरुद्ध उमेदवारी दिने तथा पार्टी हित, पार्टी अनुशासन र विधानविपरीत कार्य गरेकोले आजैका मितिदेखि लागु हुने गरी पार्टीबाट निष्कासन गरिएको पार्टीका संरक्षक महन्थ ठाकुर र अध्यक्ष उपेन्द्र यादवले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया