आफ्नै प्रहरी नभएको गण्डकी प्रदेशद्वारा प्रहरी परिचालन रणनीति
काठमाडौँ । गण्डकी प्रदेश संसदबाट २०७७ सालमै प्रहरी ऐन पारित भएको थियो । संघीय सरकारले प्रहरी समायोजन समयमै नगरिदिएका कारण अहिले एउटा मन्त्रालयनै कामविहिन बनेको छ ।
आन्तरिक मामिला मन्त्रालयको मुख्य जिम्मा प्रहरी परिचालन र शान्ति व्यवस्था कायम गर्ने हो । तर, प्रहरी सबै संघ सरकारको छ, मन्त्रालयले काम पाएको छैन ।
नेपालको संविधानमा प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षा प्रदेश सरकारको अधिकार सूचीमा उल्लेख छ । त्यसैका लागि प्रदेश सरकारले प्रहरी ऐन निर्माण गरेको छ । हालसम्म ऐन नै कार्यान्वयनमा छैन । प्रदेश सरकारले आउँदो तीन वर्षका लागि प्रहरीको रणनीतिक योजना तय गरेको छ ।
प्रहरीको नयाँ संगठनको संचालन, सुपरिवेक्षण र समन्वयका लागि रणनीति बनाएको सरकारले जनाएको छ । मुख्य न्यायाधिवक्ताको संयोजकत्वमा निर्देशन समिति गठन भएको थियो भने सोही समितिले नियमावलीको मस्यौदा तर्जुमा र रणनीतिक योजनाको मस्यौदा तयार गरेको हो ।
समितिले तयार गरेको गण्डकी प्रदेश प्रहरीको त्रिवर्षीय रणनीतिक योजनाको मस्यौदा मुख्यमन्त्रीलाई पेस गरिएको छ । मस्यौदा लिँदै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयता कार्यान्वयनको पाँच वर्ष पुग्नै लाग्दासमेत प्रहरी समायोजन हुन नसक्नु दुःखद् भएको बताए ।
उनले संघीय सरकारले प्रदेशलाई नपत्याएको गुनासो गरे । यसअघि सरकारले हाल चलिरहेको प्रहरी संरचनाभन्दा नयाँ ढंगबाट प्रहरी परिचालन गर्ने गरी ऐन बनाएको छ । अहिले तयार गरिएको नियमावली र रणनीति प्रदेश सभामा पेश गर्न बाँकी छ । सभाबाट पास भएपछि मात्रै कार्यान्वयनमा आउँछ ।
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया