हिमचितुवा घिमिरेद्वारा बक्सिङमा विश्व रेकर्ड

काठमाडौं । बक्सिङ प्रतियोगिताको अपराजित यात्रामा रहेका बक्सर अविरल घिमिरेले ‘हिट प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’ मा विश्व रेकर्ड राखेका छन् । लगातार १४ औँ पटकसम्म हिट प्रतियोगितालाई आफ्नो पक्षमा ल्याई युवापुस्ताका चर्चित बक्सर हिमचितुवा घिमिरेले विश्व रेकर्ड बनाउन सफल भएका हुन
।
जापानको नायोगा सहरस्थित ‘नायोगा कंग्रेस सेन्टर इभेन्ट हल’मा शनिबार साँझ सम्पन्न सो प्रतियोगितामा हिमचितुवाले थाइल्याण्डका बक्सर विला साकलेकलाई दोस्रो राउण्डमा नै रिङमा ढलेका थिए । उनीहरु दुवै ‘के वान के प्रोफेसनल किक बक्सिङ’ भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।
सिमुरा डोजोको ५० औं वार्षिकोत्सका अवसरमा आयोजित सो प्रतियोगितामा हिमचितुवाले तीन राउण्डको कूल १६ मिनेटको खेलमा साकलेकलाई १२ मिनेटमा ढालेका हिमचितुवाका प्रशिक्षक देव घिमिरेले जानकारी दिए । बक्सर देवसहित जापानी बक्सर सिमुरा तामियो र चाउ लोगेट हिमचितुवाको मुख्य प्रशिक्षका रहेका थिए ।
प्रशिक्षक देवका अनुसार अविरलले सिमरा डोजोबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्दै आएका छन् । यस अगाडि गत फागुनमा टोकियो सहरमा आयोजित ७० केजीको ‘के वान के प्रोफेसनल किक बक्सिङ प्रतियोगिता’मा जापानी बक्सर दाइ माचुसितालाई पहिलो राउण्डमा नै पराजित गरी बक्सर अविरलले बक्सिङ खेलमा नयाँ रेकर्डसमेत कायम गरेका थिए ।
सो तौल समूहको प्रतिस्पर्धामा लगातार तीन पटक विजयी हुने उनी दक्षिण एशियाकै पहिलो खेलाडीसमेत हुन् । विश्वप्रख्यात सो प्रतिस्पर्धामा उनको विजयको अविच्छिन्न यात्रा जारी छ । गत वर्षको ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरलले चुमेका थिए ।
विश्वका युवापुस्ताका चर्चित र अनुभवी बक्सरलाई मात्र रिङमा उतारिने सो अन्तर्राष्ट्रिय प्रतियोगितामा विजयी हुने अविरल पहिलो नेपाली बक्सर बनेका थिए ।
















नवलपुरका अधिकांश स्थानीय तहमा पठनपाठन सुरु
वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया