मंगलबार, फागुन २६, २०८२

सेयर बजार दोहोरो अंकले वृद्धि  

मेरोन्यूज २०७९ वैशाख २५ गते १५:५७

काठमाडाैं /  साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से दोहोरो अंकले वृद्धि भएको छ।  निरन्तर केही महिनादेखि घटेको सेयर बजार साताको पहिलो दिन आइतबार १८ अंकले बढेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

गत बिहीबार नेप्से  २७ अंक र बुधबार ३२ अंकले ओरालाे लागेकाे थियो। आइतबार २२ सय ३८ अंकबाट सुरु भएको नेप्से परिसूचक दिनको अन्तिममा १७ दशमलव ९५ अंकले बढेर २२ सय ५६ दशलमव ५८ अङ्कमा पुगेर बन्द भएको छ । 

आइतबार सुधार आएको नेप्से बजारमा सेन्सेटिभ इन्डेक्स ३ दशमलव ८८ अंकले बढेर ४ सय ३६ अंकमा पुगेको छ।  नेप्सेमा आइतबार ३३ लाख ४१ हजार २१४ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार रकम गत साताको अन्तिम दिनभन्दा आइतबार २५ करोडले कमि हो ।

नेप्सेमा बिहीबार २३३ कम्पनीको सेयर खरिदबिक्री  हुँदा १४१ कम्पनीका सेयरधनीले नाफामा कारोबार भएको छन् भने ७३ कम्पनीका सेयर घाटामा कारोबार भएको छ ।

त्यस्तै १४ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ । आइतबार एकमात्र कम्पनी जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ ।

जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १५२ रुपैयाँ बढेर १६ सय ७२ रुपैयाँ पुगेको छ । सेयर बजार सूचीकृत भएसँगै जल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य निरन्तर सर्किट लाग्दै आएको छ ।

प्रतिक्रिया