सुनको मुल्य बढ्यो, तोलामा कति पुग्यो ?
मेरोन्यूज
२०७९ वैशाख २६ गते १३:१५

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनका तुलनामा प्रतितोला रु १०० ले बढेर रु ९८ हजार ७०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ६०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार २०० छ । यसको मूल्य आइतबार प्रतितोला रु ९८ हजार १०० थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा स्थिर रही प्रतितोला रु एक हजार २८५ कायम रहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८७२ डलर आसपास कारोबार भइरहेको छ ।
सम्बन्धित













रोल्पामा विद्यार्थी बोकेको जीप दुर्घटना: दुइ जनाको मृत्यु, ९ जना घाइते
बैतडीमा थपियो मतदाता बढाइयो पाँच मतदान केन्द्र
भेनेजुएलाको अन्तरिम राष्ट्रपतिमा उपराष्ट्रपति ‘डेल्सी रोड्रिगेज’, काे हुन डेल्सी रोड्रिगेज ?
प्रचण्ड आज भारत जाँदै
पाथीभरा क्षेत्रमा हिमपात
२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
प्रतिक्रिया