नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौँ। राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको पुरुषतर्फ खेलमा रुकुम पश्चिम ट्रेनिङ सेन्टर सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको खेलमा रुकुमले एपिएफ क्लबलाई ३–१ सेटले हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
तीन पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले खेलको पहिलो सेट २२–२५ अङ्कले गुमायो । त्यसछिको खेलमा पुनरागमन गर्दै रुकुम पश्चिमले लगातार तीनै सेट आफ्नो पक्षमा पा¥यो ।
रुकुम पश्चिमले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–१६ तथा अन्तिम सेट २५–२० अङ्कले जित्यो । यसअघि नेपाल पुलिस क्लब प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । पुलिसले कोशी प्रदेश भलिबल सङ्घलाई ३–० सेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । पुलिसले उक्त खेल २५–१९, २५–१७ र २५–१८ अङ्कले जितेको थियो ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया