२०२५ मा नेपालीहरूले टिकटकमा के–के खोजे ? (सूचीसहित)

नेपाल । टिकटकले २०२५ भरी नेपालबाट यस प्लेटफर्ममा सबैभन्दा बढी खोजिएका शब्दहरूको सूची सार्वजनिक गरेको छ।
यो सूचीले टिकटक सर्च वास्तविक जीवनका लागि उपयोगी खोज माध्यमका रूपमा बढ्दै गएको देखाएको बताइएको छ।
दशैँतिहार र तीजका लागि आवश्यक सामग्रीदेखि लिएर खाना पकाउने रेसिपीसम्म खोजिएका छन्। छिटो जानकारी लिन, समाचारहरूको अपडेट लिन, स्थानीयशैलीको प्रेरणा लिनर नेपालको सन्दर्भ र संस्कृति बुझ्ने क्रिएटरमार्फत आवश्यक सिफारिसहरू पाउन प्रयोगकर्ताहरू टिकटकमा आउने गरेका पाइएको छ।
‘टिकटक सर्च नेपालमा दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ’, टिकटक दक्षिण एसियाका कन्टेन्ट अपरेसन्स लिड उमैस नवीदले भने। ‘मानिसहरू आजकल भिडियो मात्र हेर्दैनन्, उनीहरू वास्तविक समयमा जानकारी, सिफारिस र सन्दर्भहरू खोजिरहेका हुन्छन्। चाहे खेलकुदका पछिल्ला गतिविधि पछ्याउन, विकेन्ड ट्रीपको योजना बनाउन, नयाँ कुरा सिक्न वा किनमेल अघि रिभ्यु हेर्न होस्, नेपालीहरू दैनिक निर्णयका लागि टिकटकलाई आधार बनाइरहेका छन्। यस वर्षका टप सर्चहरूले टिकटकले नेपालीहरूलाई संस्कृति, समुदाय र हरेक दिनका जिज्ञासाहरूसँग जोडिरहेको स्पष्ट रुपमा देखाउँछ।’
नेपालका सर्चहरूले के देखाउँछन् ?
सर्चहरूले नेपालीहरूले सार्वजनिक घटना, प्रविधि सम्बन्धी जिज्ञासा लगायत प्रमुख समाचार र ट्रेन्डिङ विषयमा अपडेट रहन टिकटक प्रयोग गरिरहेका छन् भन्ने पनि देखाउँछन्। यी विषयहरूमा विभिन्न क्रिएटरहरूले वास्तविक समयमै जानकारी दिन सहयोग गरिरहेका छन्।
२०२५ को अन्त्य सँगै, नेपालका टप टिकटक सर्चहरूले यो वर्ष सामुहिक उत्सव, दैनिक जीवनका चासो र क्रिएटर(केन्द्रित खोजहरूले भरिपूर्ण रहेको देखाउँछ। टिकटक नेपालमा सशक्त र सिर्जनशील कम्युनिटीलाई निरन्तर साथ दिन तथा मानिसहरूलाई अझ अर्थपूर्ण एवम् रमाइलो तरिकाले प्रेरित गर्न र जानकारी लिन सहयोग गर्न प्रतिबद्ध छ।
२०२५ मा नेपालमा टिकटकमा सबैभन्दा धेरै खोजिएका शब्दहरू
सबैभन्दा धेरै खोजिएका शोबिज सेलिब्रिटी
· प्रियंका कार्की
· राजेश हमाल
· स्वस्तिमा खड्का
· रेखा थापा
· मदन कृष्ण श्रेष्ठ
सबैभन्दा धेरै खोजिएका टिकटक क्रिएटर
· सिम्पल खरेल
· आश्मा विश्वकर्मा
· रचना रिमाल
· अनमोल केसी
· आना शर्मा
सबैभन्दा धेरै खोजिएका खेलाडी
· साम्बा
· बिमल घर्ती मगर
· दिपेन्द्र सिंह ऐरी
· एम्बाप्पे
· मेस्सी
सबैभन्दा धेरै खोजिएका स्थान
· मुस्तांग
· मनांग
· नर्थअन्नपूर्ण बेस क्याम्प
· पशुपतिनाथ मन्दिर
· भीमसेनस्थान मन्दिर
सबैभन्दा धेरै खोजिएका टिभी शो वा ड्रामा
· बिग बस
· परान (चलचित्र)
· जेरी अन टप (चलचित्र)
· जारी २ (चलचित्र)
· रोडिज सिजन ७
सबैभन्दा धेरै खोजिएका ट्रेन्डिङ क्षणहरू
· तीज
· कुकुर तिहार
· मिस ग्राण्ड नेपाल
· रुटिन अफ नेपाल बन्द
· एनपीएल सिजन २
सबैभन्दा धेरै खोजिएका गीत / साउन्डट्र्याक
· ठुमक ठुमक जानीए माहिए दे नाल
· आइसक्रिम खाउंगी काश्मिर जाउंगी
· माया गर्नु ल (जोन चाम्लिंग)
· वाक्क लाग्दो संसार
· सारी लायर आएँ भने
सबैभन्दा धेरै खोजिएका खाना / रेसिपी
· हत्क्युला फ्रुट
· स्टिम चिकेन रेसिपी
· सेलरोटी रेसिपी
· सिंगडा रेसिपी
· पक्कु रेसिपी











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया