जिम्बाबे ‘ए’माथि ६ विकेटको जितसँगै नेपाललाई उपाधि

काठमाडौँ । नेपालले जिम्बाबे एलाई ६ विकेटले पराजित गरेको छ । कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा जिम्बावे एमाथि ६ विकेटको जित हात पारेको हो ।
योसँगै नेपालले एक दिवसीय शृङखलाको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार सम्पन्न शृङखलाको अन्तिम खेलमा नेपालले टस जिते पहिला फिल्डिङ रोजेको थियो । खेल ३३ ओभरमा भएको थियो ।
जिम्बावे ए ले ३२.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई २१४ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा उत्रिएको नेपालले ३०.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
नेपालका लागि ओपनर कुशल र दिपेन्द्रले उत्कृष्ट प्रदर्शन गरे । कुशलले सर्वाधिक ८४ रनको उत्कृष्ट इनिङ खेले । उनले ६१ बलमा ७ चौका र ४ छक्का प्रहार गरे ।
कुशलले आउट हुनुअघि पहिलो विकेटका लागि आसिफ शेखसँग ७३ रनको साझेदारी बनाएका थिए । दोस्रो विकेटका लागि सुनिल धमलासँग ३७ रनको साझेदारी गरे ।
दिपेन्द्रले ४३ बलमा ४ चौका र तीन छक्कासहित ६० रन बनाए । उनले अविजित इनिङ खेले । आसिफ शेख २९ रनमा आउट हुँदा विनोद भण्डारी २८ रनमा अविजित रहे ।
जिम्बावे एविरुद्ध एक दिवसीय सिरिजको पहिलो खेल गुमाएको नेपाल तीन विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल ९ विकेटले विजयी भएको थियो ।
















भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
संसदका दुवै सदनको अधिवेशन आह्वान
वातावरण प्रदूषण गर्ने १२ सवारीसाधन नियन्त्रणमा
महिला टी–२० च्यालेन्ज ट्रफी : नेपालसँग रुवान्डा पराजित
२६ घरविहीन परिवारले पाए नयाँ घर
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
प्रतिक्रिया