रुकुमपूर्वको सबै केन्द्रमा पुगे मतदान अधिकृत

रुकुम । रुकुमपूर्वको सबै मतदान केन्द्रमा मङ्गलबार मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगेका छन् । टाढाको मतदान केन्द्रमा सोमबार साँझ नै मतदान अधिकृत र सहायक मतदान अधिकृत पुगिसकेका थिए । अन्य सबै मतदान केन्द्रमा भने मङ्गलबार मतदान अधिकृत सहायक मतदान अधिकृतसँगै अन्य कर्मचारी पनि निर्वाचनको आवश्यक सामग्रीसहित पुगिसकेको मुख्य निर्वाचन अधिकृृतको कार्यालयले जानकारी दिएको छ ।
मतदान केन्द्रमा पुगेर पनि उनीहरूले काम सुरु गरिसकेका छन् । सबैले सम्बन्धित मतदान केन्द्रमा सर्वपक्षीय बैठक बस्नेदेखि लिएर मतदान क्षेत्र तोक्ने, मदिरा सेवन तथा बिक्री वितरणमा बन्देज, हातहतियार लिएर मतदान केन्द्रमा जान नपाइने लगाएका सूचना टास गरेको मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए। भौगोलिक हिसाबले विकट यस जिल्लाको सिस्ने–१, पुथाउत्तरगङ्गाको १, २, ३ लगायतका वडाहरूमा खटिएकाहरू दुई दिन लगाएर पुगेका छन् ।
अब उनीहरूले २८ र २९ गते स्वयंसेवकमार्फत मतदान केन्द्रमा मतदाता शिक्षा कायर्यक्रम सञ्चालन गर्नेछन् । मतदान सकिएपछि पनि सम्बन्धित पालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पु¥याउन टाढाको मतदान केन्द्रबाट साढे एकदेखि दुई दिनसम्म लाग्ने मुख्य निर्वाचन अधिकृत लवटले बताए । मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन पानी पर्ने अनुुमान गरेकाले पानी प¥यो भने यस जिल्लामा बिजुली र फोनको समस्याले निर्वाचनको काम प्रभावित हुन्छ कि भन्ने डर पनि रहेको उनले बताए ।
सबै मतदान अधिकृत र सहायक मतदान अधिकृृतलाई निर्वाचनको दिन पानी पर्न सक्ने कुरालाई ध्यानमा राखेर आवश्यक तयारी गर्न भनिएको उहाँको भनाइ छ । रुकुमपूर्वमा ३५ मतदानस्थल र ४९ वटा मतदान केन्द्र रहेका छन् । यस जिल्लामा १६ हजार ८९४ पुरुष र १६ हजार ६२४ महिला गरी ३३ हजार ११८ मतदाता रहेका छन् । रासस
















HoR elections: Inundation in monsoon, water shortage during winter main concern of Mahottari-2 voters
बलोचिस्तानमा पाकिस्तान सेनाको अपरेशन जारी,९२ आतङ्कवादी मारिए
पत्रकार दिनेश सिटौलाको निधन
महिला टी २० विश्वकप छनोट : आयरल्यान्डसँग थाइल्यान्ड पराजित
4 killed, 27 injured in road accident in E. Pakistan
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया