बुधबार, माघ ७, २०८२

लेक लागेर म्यादी प्रहरीको मृत्यु, शव ल्याउन हेलिकप्टरको माग

मेरोन्यूज २०७९ वैशाख २८ गते १४:५०

सुर्खेत । उपल्लो डोल्पामा लेक लागेर एक म्यादी प्रहरीको मृत्यु भएको छ । चुनावको सुरक्षामा खटिएका ठूलीभेरी नगरपालिका ७ का २४ वर्षीय सुनिल विकको मृत्यु भएको हो ।

उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको शे गाउँमा मंगलबार लेक लागेका विकको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मृत्यु भएका म्यादी प्रहरीको शव जिल्ला सदरमुकाम दुनै ल्याउन हेलिकप्टरको माग गरिएको छ । निर्वाचन सेलको बुधबार बसेको बैठकले पोष्टमार्टमका लागि शव बोकेर दुनै ल्याउन सक्ने अवस्था नभएकाले हेलिकप्टर माग गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया