मादक पदार्थ सेवन गरी मतदान गर्न गए प्रवेश निषेध
मेरोन्यूज
२०७९ वैशाख २८ गते २०:२०

काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई मर्यादित बनाउन निर्वाचन आयोगले ध्यानाकर्षण गराएको छ । आयोगले मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा गएकालाई प्रवेश निषेध गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको हो ।
यस्तै, आयोगले मतदान स्थलमा प्रवेश गर्न अनुमति पाएका मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामाग्री, सलाई, लाइटर जस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हातहतियार, नमुना मतपत्र लगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह भएको वा संकेत जनाइने कुनै वस्तु लैजान नपाइने जनाएको छ ।
आयोगले निर्वाचन आचार संहिताविपरीत कार्य गरेमा कानुन बमोजिम कारबाही गर्ने बताएको छ ।

सम्बन्धित















एमालेका महिला सांसदद्वारा ‘साइबर बुलिङ’का विषयमा उजुरी
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
कानुनअनुसार गरिब तथा विपन्नलाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन
आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
प्रतिक्रिया