आइतबार, माघ १८, २०८२

पैसा बाँड्न पुगेका एमालेका पालिका अध्यक्षको उम्मेदवार नियन्त्रणमा

मेरोन्यूज २०७९ वैशाख २९ गते ७:०३

काठमाडौँ । नेकपा एमाले सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । उक्त गाउँपालिका ५ को जमुनामा बुधबार राति पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ थियो ।

उनीसहित वडा सदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत नियन्त्रणमा लिइएको बताइएको छ । मौन अवधिमा दुवै जनालाई प्रचार प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले होहल्ला गर्दै खेदाउन खोजेपछि सुरक्षाका लागि सशस्त्र प्रहरीले लागि नियन्त्रणमा लिएको हो ।

जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए । मौन अवधिमा उम्मेदवार राईले मतदातालाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीले विरोध गरेका थिए ।

आचार संहिता उल्लंघन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत माग गरिएको छ ।

प्रतिक्रिया