स्थानीय तह निर्वाचन
चुनावले अझै छोएन बिजिली महरालाई
‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ'

महोत्तरी । महोत्तरीमा स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । चुनावी लामो प्रचारप्रसारपछि मौन अवधि सुरु भइसकेको छ । मौन अवधि सुरु भएसँगै मतदानको तयारीदेखि विभिन्न्न कारणले जिल्ला बाहिर रहेकाहरु गाउँँ फर्किरहेका छन् । यतिखेर चुनावी माहोलले गाउँँघरमा भिडभाड बढेको छ ।
तर, दैनिक ज्यालादारी गरेर जीवन गुजारा गरिरहेकाहरुलाई भने निर्वाचन महोलले छोएको छैन । मजदुरी तथा रोजीरोटीका लागि काम गर्नेहरुलाई भने पहिलेको जस्तै कामको नै चटारो छ ।
राजनीतिक माहोलभन्दा आफ्नै समस्याले थलिएकालाई बिहान बेलुका पेट पाल्ने चिन्ता छ । चिन्तित भएका मध्येका एक हुुन्, महोत्तरी बर्दिबास–१४ का बिजिली महरा ।
पुराना, मक्किएका, च्यातिएका जुत्ता पालिस गरेर टिलिक्क टल्काउनु उनको दैनिकी पेसा हो । उनलाई चुनावी माहोलले अझै छोएको छैन ।
महरालाई अरूले फुरुंग्याएको र दया देखाएको पटक्कै मन पर्दैन । उनी भन्छन्, ‘यो समाजको विशेषता नै हो । काम गरेर खाने, पसिना बगाएर परिश्रम गर्नेहरूलाई कठै भनिन्छ । तर, उनीहरूको कठैमा दया नभएर घृणा मिसिएको हुन्छ । जुत्ता पालिस गरेको २० रुपैयाँ माग्दासमेत मोलमोलाई गर्न पनि पछि पर्दैनन् ।’
महराले परिवारको भरणपोषण र छोराछोरीको शिक्षादीक्षाका लागि जुत्ता पालिसबाटै मनग्ये आम्दानी गर्छन् । जुत्ता टल्काएर उनले मासिक २० हजार रुपैयाँभन्दा बढी कमाउँछन् । महरालाई आफ्नो काम र कमाइमा सन्तुष्टि छ् । कोही कसैले गिज्याए, होच्याए पनि आफ्नो काममा निरन्तर अगाडि बढिरहेका उनी भन्छन् ।
महरालाई नेताहरुको प्रलोभन र आश्वासनमा रत्तिभर पनि विश्वास छैन । ‘भोट त दिन्छु । तर, कसलाई दिन्छु, त्यहीबेला निर्णय गर्छु, चिनेजानेकोलाई दिनुपर्ला,’ उनले भने ।
नेताहरु सामाजिक परिवर्तनको नारा बोकेर निर्वाचनमा होमिएका छन् । तर, महराले देखेको समाजको चेतनास्तर जस्ताको तस्तै छ ।
महराका चार छोरा र एक छोरी छन् । कान्छो छोरा सुनिल सेठ्ठी महरा कक्षा १२ अध्ययनरत छन् । माइलो र साइँलोले बाबुको बिँडो थामेका छन् । एउटी छोरीको बिहे भइसक्यो ।
महराजस्तै अरु महराहरू पनि दिनभरि सडक कुनामा बस्छन् । कहिलेकाहीँ नगरबाट आएको नगर प्रहरीले बाटामा किन बसेको भन्दै दुःख दिने गरेको उनीहरूको सामूहिक गुनासो छ ।
फुटपाथमा व्यापार गर्नेलाई स्थानीय सरकारले भेदभाव गर्ने र सटर लिएर भाडामा बस्नेलाइ काखी च्यापेको देख्दा दुःख लाग्ने महरा सुनाउँछन् । फुटपाथबाटै रोजीरोटी चलेकाले नगरले नै व्यवस्थापन गरिदिए गरिखान सहज हुने उनको बुझाइ छ ।
‘बर्दिबासका मुख्य सडक छेउको एउटा सटर भाडामा २० हजार रुपैयाँभन्दा बढी तिर्नुपर्छ । २० हजार रुपैयाँ मासिक कमाउनेले कसरी भाडा तिर्नु ?’ महराको प्रतिप्रश्न छ ।
















लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले लिए अनुमति
देवचुलीमा एक पुरुष मृत फेला, महिला गम्भीर घाइते
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
प्रतिक्रिया