महासङ्घ कोशीको अध्यक्षमा पुनः राउत निर्वाचित

मोरङ। नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन् ।
महासङ्घ निर्वाचन समितिले आज घोषणा गरेको परिणामअनुसार अध्यक्षमा राउत विजयी भए । उनले आफ्ना प्रतिस्पर्धी नवीन रिजाललाई पराजित गरे । उक्त निर्वाचनमा अध्यक्ष राउतको प्यानल नै विजयी भएको छ ।
जिल्ला नगरतर्फको उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रवीन दाहाल निर्विरोध निर्वाचित भएको हो । यसैगरी कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल तथा एसोसिएट सदस्यमा देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ निर्विरोध चयन भएका छन् । जिल्ला नगरबाट सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुङ्गाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी निर्वाचित भएका छन् भने वस्तुगततर्फ सुभाष आचार्य र दीपक पाण्डे निर्वाचित भएका छन् ।
महासङ्घ कोशीमा जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुबाट ३८, वस्तुगत सङ्घसंस्थाबाट १९ र एसोसिएटबाट १४८ जनाले महासङ्घको नेतृत्व चयनका लागि मतदान गरेका थिए ।
















आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया