सिद्धार्थनगर मतगणना स्थलमा सीसी टिभी र तारजाली (फोटोफिचर)

भैरहवा । शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि रुपन्देहीको सिद्धार्थनगर सहित जिल्लाभरका मतदान स्थलको तयारी अन्तिम चरणमा छ । जिल्लाभर २८ मतदान स्थलका सात सय मतदान केन्द्रमा निर्वाचन अधिकृतसहितको जनशक्ति निर्वाचन सामग्रीसहित खटिएका छन् ।
सुरक्षाका लागि नेपाल प्रहरी र म्यादी प्रहरी मतदान स्थलमा तैनाथ छन् । रुपन्देहीको संवेदनशील सूचीमा रहेका १२८ र ६२ वटा अतिसंवेदनशील मतदान स्थलमा सुरक्षा चुनौतीलाई ख्यालमा राख्दै अतिरिक्त सुरक्षाकर्मी परिचालन भएको छ । अधिकांस मतदानस्थलमा सुरक्षाकर्मी, कर्मचारी मतपत्रसहित पुगिसकेका जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।
मतदान केन्द्रहरुको बाँस गाडेर, रस्सीको सहायताले मतदान केन्द्रहरु तयार गरिएको छ । यस्तै प्रत्येक मतदान केन्द्रमा महिला, पुरुषको लागि अलग अलग लाइन लाग्ने गरि ब्यवस्था मिलाइएको छ भने अपाङ्ग, अशक्त तथा ज्येष्ठ नागरिकलाई लाइन लाग्न नपर्ने गरी छुट्टै व्यवस्था गरिएको छ । ३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा रहेको रुपन्देहीमा रुपन्देही जिल्लामा तीन लाख आठ हजार ५७४ महिला, तीन लाख २३ हजार ७७८ जना पुरुष र आठ जना अन्य गरी कुल ६ लाख ३२ हजार ३६० जना मतदाता रहेका छन् ।

निर्वाचनलाई लक्षित गर्दै २४ सय म्यादी प्रहरीसहित तीन हजार ८०० प्रहरी भित्रि सुरक्षामा रहनेछन् । यसैगरी मतदान स्थलको बाहिरी सुरक्षामा सशस्त्र प्रहरी र त्यसपछि नेपाली सेना खटिनेछ । यसबाहेक प्रहरी अधिकृतसहितको नेपाल प्रहरीको गस्ती टोली, सशस्त्र प्रहरीको गस्ती र नेपाली सेनाले पनि गस्तीमार्फत सुरक्षा दिइने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
३८ राजनीतिक दल चुनावी प्रतिष्पर्धामा रहेको रुपन्देहीमा ६ लाख ३२ हजार ३६० मतदाता छन् । सिद्धार्थनगरमा १३ वटा वडा छन, अधिकांश वडामा तयारी पूरा भए पनि केहीमा भने ढिलाई भएको छ, कतिपय साँघुरो मतदान स्थल भएकोले कठिनाइ भए पनि व्यवस्थापन भइरहेको छ ।
मतगणनामा तारजाली र सीसी टिभी
निर्वाचन आयोगले मतपत्रको सुरक्षाका लागि मतगणनास्थलमा तारजाली र सीसी टिभीको प्रयोग गरिरहेको छ । पालिकास्थित अधिकांस गणना स्थलमा मतगणनाका लागि व्यवस्थापन भइरहेको छ । आयोगले सबै मतगणनामा मतपत्रको सुरक्षाका लागि मतगणना स्थलमा तारजाली र सीसी टिभी अनिवार्यको व्यवस्था गरेको हो ।
सिद्धार्थनगर नगर पालिकाको मतगणना भैरहवा नमुना माध्यमिक विद्यालयमा गर्ने गरी व्यवस्थापन मिलाइएको छ । मतगणनाका लागि दुईवटा हलमा विभिन्न समूहमा मतगणना हुन्छ ।























HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डका पुल निर्माण सम्पन्न
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
प्रतिक्रिया